दलका प्रतिनिधले साँचो बोकेर हिड्दा वीरगञ्जमा मतगणना ढिलाइ

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा मतपेटिका राखेको कोठाको साँचा दलका प्रतिनिधिले बोकेर हिड्दा गणनामा ढिलाइ भएको छ। राति मतपेटिका राखेर निर्वाचन अधिकृतको कार्यालयसँगै दलहरुले पनि ताला लगाएका थिए। तर १ बज्न लाग्दासमेत चाँसो लिएका प्रतिनिधि नआउँदा गणनाको प्रक्रिया थाल्न नसकिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। उनले कुन दलका प्रतिनिनिधि नआएको हो त्यो बताउन चोहनन्।

सम्बन्धित सामग्री

स्याङ्जा-२ मा मतगणना गर्न ढिलाइ भएकाे भन्दै कांग्रेसको धर्ना

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना गर्न ढिलाइ भएकाे भन्दै नेपाली कांग्रेसले धर्ना गर्न सुरू गरेकाे छ । आज मंगलबार स्याङ्जाकाे वालिङ नगरपालिकाकाे गेटमा कांग्रेसले धर्ना गर्न सुरु गरेकाे हाे । प्रहरीले भने उच्च सुरक्षा सतर्कता समेत अपनाएकाे छ ।

एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन

एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।...

सिरहामा अझै सुरू हुन सकेन मतगणना

सिरहामा अझै मतगणना सुरू हुन सकेको छैन। दलहरूबीच आचारसंहितामा एकमत हुन नसक्दा मतगणनामा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ।...

डडेल्धुराको मतगणना अझै सुरु भएन

५ मंसिर, काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनलाइनखबरसँग भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला […]

बाजुराको बूढीगङ्गामा मतगणना सुरु

काठमाण्डाै - बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो । अहिले शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले उज्यालोलाई जानकारी दिनुभयो । बूढीगङ्गामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुन: चुनाव गरेको हो । बू...

विराटनगरमा थप तीन स्थानबाट मतगणना हुँदै

मोरङ – मतगणनामा ढिलाइ भएपछि विरानगर महानगरपालिकामा थप तीन ठाउँबाट गणना थालिएको छ। यसअघि ६ ठाउँमा मतगणना भइरहेकोमा थप तीन ठाउँमा विस्तार गरिएको हो। मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार नतिजा आउन ढिलाइ भएको गुनासो आएपछि मतगणनास्थल बढाइएको हो। अहिले आदर्श माविमा मतगणना भइरहेको छ। बुढाथोकीले भने, ‘सोमबारबाट थप तीन वटा कोठामा […]

वीरगन्ज महानगरको मतगणना सुरु

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगन्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा आज (शनिबार) दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको भए पनि राजनीतिक दलका प्रतिनिधि समयमै नआउँदा मतगणनामा ढिलाइ भएको थियो । शुक्रबार […]

इटहरी उपमहानगरमा अझै सुरु हुन सकेन मतगणना

सुनसरी : बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा अझै सुरु हुन सकेको छैन। दलका प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए।अब आधा घण्टापछि मात्रै गणना सुरु हुने बताइएको छ।

काठमाडौंमा अझै सुरु भएन मतगणना

३१ वैशाख, काठमाडौं । शनिबार विहान ८ बजे सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना सुरु हुन नसकेको हो । मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय गरेको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै […]

महामन्त्री उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ, सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना बिहीवार बिहानैबाट गर्ने भनिए पनि ढिलाइ भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको भए पनि महामन्त्री पदका सबै उम्मेदवारका प्रतिनिधि नआएका कारण ढिलाइ भएको जनाइएको छ । कांग्रेस महामन्त्रीमा २ जना निर्वाचित हुनेमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार रहेका छन् । महामन्त्री पदको मतगणना गर्नुअघि कांग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्य...