महामन्त्री उम्मेदवारका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ, सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना बिहीवार बिहानैबाट गर्ने भनिए पनि ढिलाइ भइरहेको छ । केन्द्रीय निर्वाचन समितिले मतगणनाको तयारी गरिरहेको भए पनि महामन्त्री पदका सबै उम्मेदवारका प्रतिनिधि नआएका कारण ढिलाइ भएको जनाइएको छ । कांग्रेस महामन्त्रीमा २ जना निर्वाचित हुनेमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की उम्मेदवार रहेका छन् । महामन्त्री पदको मतगणना गर्नुअघि कांग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्य...