मंसिर २२, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७६ डलर भन्दा तल स्थिर रहेको छ ।
कोरोना भाइरसको ओमिक्रोन भ्यारिएन्टले विश्व अर्थतन्त्र र इन्धनको मागमा पार्ने प्रभावबारे लगानीकर्ताहरुले आँकलन गरिरहँदा बुधवार भाउ स्थिर रहेको हो ।
बिहानी कारोबार प्रतिब्यारेल १ डलरभन्दा धेरैले घटेपछि मध्याहन्नतिर भने ब्रेन्ट क्रुडको भाउ ३२ सेन्ट अर्थात् शून्य दशमलव ४ प्रतिशतले बढेर ७५ डलर ७६ सेन्टमा आएको थियो ।
अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि १२ सेन्ट अर्थात् शून्य दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ७२ डलर १७ सेन्टमा आएको थियो । बुधवार बिहानी कारोबारमा यो प्रतिब्यारेल ७१ डलरभन्दा तल रहेको थियो ।
नोभेम्बर २५ यता १६ प्रतिशतले घटेर ब्रन्टको भाउ ६९ डलरभन्दा तल आएको थियो । डिसेम्बर १ यता भने ओमिक्रोनले तेलको मागमा सीमित मात्रै प्रभाव पारेको संकेत पछि यसको भाउ ८ प्रतिशतभन्दा धेरैले बढेको छ । एजेन्सी