चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

रसुवा, २२ असोज: नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो । दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र […]

सम्बन्धित सामग्री

तस्वीर : चीनबाट ल्याइएको डुङ्गा

नेपालका जलासयमा सञ्चालन गराउन व्यवसायीले चीनबाट आयात गरी रसुवा मार्ग हुँदै गत शुक्रवार ल्याएको डुङ्गा । तस्वीर : रासस

रसुवागढी र तातोपानी हुँदै चीनबाट साढे ६८ अर्बको वस्तु आयात, निर्यात शून्य

काठमाडौँ – चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्-रसुवागढी र तातोपानी। यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ। यो अवधिमा चीनबाट भने निर्वाध रूपमा नेपालमा वस्तुहरू आइरहेको छ। ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाकाहुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो। त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन […]

तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परीक्षण कार्य अगाडि बढेको छ

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुँदै

नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई केन्द्रित गरी व्यापारीले आयात गराएको तयारी पोशाक, जुत्ता चप्पललगायत सामग्री छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने अभिप्रायले भन्सार परीक्षणलाई तीव्ररूपमा अगाडि बढाइएको हो ।दैनिकरूपमा आयात हुने सामग्रीलाई टिमुरेस्थित भोटेकोसी खोलाबगरमा रहेको भन्सार हाताभित्र पल्टाइ परीक्षण गर्ने गरिएको छ । खोलाबगरको चिसो हावा एवं धुलो मैलालाई कुनै प्रवाह नगरी जाँचकीद्वारा छिटोभन्दा छिटो परीक्

चीनबाट टिपर तथा एम्बुलेन्स आयात

असार १७, रसुवा । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स चीनबाट रसुवागढी नाका हुँदै आयात भएका छन् ।  आयातको परिमाण २० अ‍ोटा ठूला टिपर एवम् एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङल्हामु राजमार्ग हुँदै पर्साको वीरगञ्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ताचप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् । आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौंतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार अग्रह गरिएको प्रहरीले जानकारी दिएको छ ।  कोरोना संक्रमणको जोखिम बढेसँगै पासाङल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ । अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवम् सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अंगले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् ।  चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट शिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशंका गर्ने ठाउँ नरहेको प्रहरीले जानकारी दिएको छ । कोभिड - १९ को जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ । रासस

धान दिवस– विदेशबाट १९ अर्बको धान आयात

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १९ अर्ब रुपैयाँ बराबरको धान आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्यको धान आयात भएको हो। धानको बिउ र चामल बनाउन ल्याइने धान गरी कुल ६६ करोड किलो धान भित्रिएको छ। नेपालमा मुख्यगरी भारत र चीनबाट धान आयात हुँदै आएको छ।

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन  सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको  ५६० थान अक्सिजन  सिलिन्डर आयात  भएको  जानकारी  दिए । उनका  अनुसार मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।पहिलो  पटक

तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात

काठमान्डाैं / तातोपानी नाका हुँदै चीनबाट नेपालमा अहिले दैनिक अक्सिजन सिलिन्डर आयात हुन थालेको छ । नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनबाट बुधबार ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको जानकारी दिए... The post तातोपानी नाका हुँदै दैनिक अक्सिजन सिलिन्डर आयात appeared first on Purbeli News.

चीनबाट पहिलो पटक २० टन युरिया मल आयात

काठमाण्डाै - चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो । सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनुभयो । झिकाइएको म...