काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमबार यहाँको न्यूनतम् तापक्रम ५.४ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार काठमाडौंको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम् तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । […]