भूमिगत स्रोतबाटै दैनिक थप एक करोड लिटर पानी उत्पादन गरिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक एक करोड लिटर पानी थप वितरण गर्न अध्ययन थालेको छ । त्यसका लागि उपत्यकाको विभिन्न ठाउँमा अध्ययन भइरहेको केयुकेएलले जनाएको छ । गत १ असार र १५...

सम्बन्धित सामग्री

दैनिक ६ करोड लिटर खानेपानी थप गरिने

खानेपानीको आपूर्ती व्यवस्थापन सहज गर्न दैनिक ६ करोड लिटर खानेपानी थप गर्ने तयारी गरिएको छ । पटक पटक मेलम्ची खानेपानी बन्द हुन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले थप ६ करोड लिटर पानी दैनिक आपूर्ती व्यवस्थापनका लागि वैकल्पिक योजना अगाडि सारेको हो । केयूकेयलका अनुसार विभिन्न स्थानमा नयाँ ट्युबेलबाट २ करोड र बागमती डाप […]

दैनिक ६ करोड लिटर पानी थप्दै केयुकेएल

काठमाडौं उपत्यकाका उपभोक्ताको मागअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले ६ करोड लिटर पानी थप्ने भएको छ । उपत्यकामा देखिएको पानीको अभाव कम गर्न केयुकेएलले सुन्दरीजल मुहानबाट ६ करोड लिटर पानी ल्याउन...

वर्षायाममा बागमतीबाट १० करोड लिटर पानी थपिंदै

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा हिउँदयाम लागेसँगै खनेपानीको माग र आपूर्तिबीच ठूलो अन्तर रहेको बताएको छ । अहिले हिउँदयाममा करिब दैनिक २६ करोड लिटरको पानीको आपूर्ति भइरहे पनि माग भने ४७ करोड लिटर नाघेको केयूकेएलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । केयूकेएलले वर्षायाम लागेपछि मेलम्चीको सुरुङ बन्द […]

मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौं उपत्यकाका लागि ल्याइएको ३ करोड ५० लिटर खानेपानी काठमाडौं उपत्यकामा अझै वितरण भएको छैन । मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक राजधानी आएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । गत १८ मंसिरमा मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको ६ दिनपछि अर्थात् २३ […] The post मेलम्चीको साढे तीन करोड लिटर पानी वितरण भएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेलम्चीको १७ करोड लिटर पानी आइतबारदेखि वितरण

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौँमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौँ आउने पानीको सम्पूर्ण परिमाण हो । ११ वैशाखदेखि मीनभवनबाट काठमाडौँमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड […]

मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

काठमाडौं, बैशाख ७ । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो । मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी […]

मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

काठमाडौं (अस) । अन्ततः काठमाडौं उपत्यकामा मेलम्चीको पानी पूर्ण क्षमतामा अर्थात् दैनिक १७ करोड लिटर नै आएको छ । मेलम्चीको पानी वितरण भएको ३ सातामै काठमाडौं उपत्यकाको वितरण प्रणालीमा सोमवारदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर आएको हो । मेलम्ची खानेपानी विकास समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण क्षमतामै सुन्दरीजलबाट काठमाडौं उपत्यकामा पानी आएको जानकारी दिएको हो । चैत १५ गते साढे ४ करोड पानी वितरण शुरू गरिएको भए पनि विस्तारै प्रणालीमा राख्दै आएको समितिले सोमवारदेखि पूर्ण क्षमतामै पानी वितरण प्रणालीमा प्रवाह गरेको हो । यससँगै काठमाडौं उपत्यकामा दैनिक २५ करोड लिटर पानी वितरण हुनेछ । मेलम्चीको १७ करोड लिटरबाहेक आन्तरिक स्रोत तथा डीप ट्युबेलबाट दैनिक ८ करोड लिटर पानी वितरण हुँदै आएको थियो । परीक्षणको क्रममा शुरूका दिनमा दैनिक साढे ८ करोड लिटर पानी वितरण प्रणालीमा उपलब्ध गराइएकोमा त्यसमा क्रमिक रूपमा वृद्धि गर्दै सुन्दरीजलमा निर्मित दुवै प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न शुरू गरिएको छ । सोमवारदेखि उपत्यकावासीका लागि वितरण प्रणालीमा दैनिक १७ करोड लिटर पानी उपलब्ध हुने समितिले उल्लेख गरेको छ । पानी पथान्तरणका लागि महŒवपूर्ण पूर्वाधारको निर्माण सम्पन्न भएसँगै १० फागुन २०७७ बाट सुरुङ परीक्षण कार्य आरम्भ गरिएको थियो । परीक्षणको क्रममा २२ फागुन २०७७ मा सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रशोधन गरी आंशिक रूपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो । उपत्यकामा विद्यमान खानेपानीको चरम अभाव अन्त गर्न सहयोग मिल्ने विश्वास समितिको छ । दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड १ हजार १०० लिटर (प्रतिदिन करीब ९ करोड लिटर)भन्दा बढी पानी उपलब्ध छ, जुन नदीको पर्यावरणीय सन्तुलनका लागि अति नै महŒवपूर्ण रहेको पनि समितिले उल्लेख गरेको छ ।

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यल

आइतवारदेखि १४ करोड लिटर पानी

काठमाडौं (अस) । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो । दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’ काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ । मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ । शाक्यले हालसम्म चुहावट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मतसम्भार गरिसकेको बताए । भित्री सडक तथा गल्लीहरूमा मर्मतसम्भार गरिएको र अहिले मुख्य सडकहरूमा पनि मर्मतसम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए । अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ । ४० वर्षदेखिका पुराना पाइपबाट पानी वितरण हुँदा चुहावट देखिनु मर्मतका लागि अवसर भएको बताउँदै आएको कम्पनीले सडक विभागको सहकार्य पनि सकारात्मक रूपमा पाएको बताएको छ । कम्पनीलाई पानी चुहावट हुने सडकहरूमा मर्मतसम्भार गर्न र चुहावट नियन्त्रण गर्ने कार्य अघि बढाउन सडक विभागको स्वीकृति चाहिन्छ । त्यसपछि मात्रै कम्पनीले मर्मतसम्भार तथा चुहावट नियन्त्रण गर्न सक्ने उनको भनाइ छ । मेलम्चीको पानी आउनुभन्दा पहिला दैनिक ८ करोड लिटर पानी वितरण गर्दा चुहावट हुने स्थानको पहिचान हुन नसक्दा मर्मतसम्भारको कार्य गर्न नसकिएको कम्पनीको भनाइ छ । अहिले भने विभिन्न स्थानमा देखिएको चुहावटलाई न्यून गर्न निर्माण कम्पनी तथा कम्पनीका विभिन्न शाखाका अधिकारीहरू खटेको शाक्यले दाबी गरे ।