कृषि र भूमि मानव जातीको उत्पत्ति, जन्म, विकास र मृत्युसँग सम्बन्धित छ । यसको सदुपयोग गर्नुपर्दछ र यसलाई दुरुपयोग गरियो भने मानव जातिले सबभन्दा ठुलो नोक्सानी व्यहोर्नुपर्छ ।मैले पूर्ववर्ती सरकारहरूलाई पनि नीति कार्यक्रमहरू बनाउँदा सहयोग गरेको थिएँ । सौभाग्यले हो कि दुर्भाग्यले हो नेकपा एमाले र नेकपा माओवादीको संयुक्त चुनावी घोषणापत्र बनाउँदाखेरि म संयोजक थिएँ । त्यो चुनावी घोषणापत्र ३ महिना लगाएर तयार भएको थियो । त्यसमा पहिलो प्राथमिकता कृषि र भूमिका सम्बन्धमा उल्लेख गरिएको छ । हामी कस्तो क