नबिल बैंकमा महिला उद्यमीका व्यापारिक स्टल राखिने

महिला उद्यमीहरूलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्यसहित महिला

सम्बन्धित सामग्री

महिला उद्यमीलाई प्राथमिकतामा राख्न आग्रहः अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघ नेपाल (एफविन)ले भरतपुर महानगरपालिकालाई महिला उद्यमीका लागि प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएको छ।...

नेपाली महिला उद्यमीका चुनौती

कुनै पनि मौद्रिक नीति, आर्थिक नियमावली तथा आवधिक योजना तर्जुमा गर्दा महिला उद्यमी पनि हुन्छन् भन्ने ख्यालै गरिएको पाइन्न।...

महिला उद्यमीले गरे स्थानीय जडीबुटीबाट धुप उत्पादन

सिमकोट – महिला उद्यमीले आधुुनिक प्रविधि प्रयोग गर्दै स्थानीय जडीबुटीबाट धुप उत्पादन गरेका छन्। उद्यमीका लागि धुुप उत्पादनसम्बन्धी तालिम पाएसँगै धुप उत्पादन गरेका हुन्। सिमकोट गाउँपालिकाको समन्वयमा लघुु उद्यम विकास कार्यक्रम (मेड्पा) ले १६ जना महिला उद्यमीलाई स्थानीय जडीबुटी धुपी, जटामसी र चिमालोको पातबाट धुप उत्पादनसम्बन्धी तालिमसँगै उत्पादन सुुरु गरेका हुन्। तालिम १५ दिनसम्म सञ्चालन […]

कोभिडपछि नेपाली महिला उद्यमी समस्यामा छन्ः रिजाल

काठमाडौं, २७ चैत । दक्षिण एसियाली महिला मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपाली महिला उद्यमीका लागि सरकारले नयाँ सोच र अवधारणा ल्याउनुपर्ने औंल्याएकी छन् । ‘नेपाली महिला लघु, साना तथा मझौला उद्यममा सीमित छन् । व्यवसायमा उनीहरुको ठूलो योगदान भए पनि सीमित दायरामा बसेर उद्यम सञ्चालन गर्नुपर्ने सामाजिक र आर्थिक चुनौतीहरु छन् । कोभिड-१९ पछि […]

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना […]

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

काठमाण्डाै – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी तालिम र यसबारेमा जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी स...

महिला–युवा उद्यमीले सुनाए अनुभव

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)उद्यमशीलताको प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना व्यवसायी शारिरीक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमीका साथै उद्यमी बन्न चाहने विद्यार्थी पनि सहभागी थिए । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।अन्तर्राष्ट्रिय मजदुर […]

महिला उद्यमीका समस्या

तथ्यांक विभागले केही समयअघि सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विश्लेषणअनुसार नेपालमा पुरुषको भन्दा महिलाको संख्या बढी छ । तर, उद्यमीका हिसाबले हेर्ने हो भने महिलाको संख्या निकै कम छ । यसो हुनुमा महिलाहरू उद्यमी बन्न नचाहेर, क्षमता नभएर होइन, अवसर र समर्थन नपाएर हो । लैंगिक विभेदले जरो गाडेको समाजमा महिला उद्यमशीलता आफैमा ठूलो चुनौती हो । यही चुनौतीसँग जुधेर केही महिला उद्यमी आफू स्थापित हुँदै अन्यलाई पनि उद्यमी बन्न प्रेरित गरिरहेका छन् । उद्यमशीलताका लागि महिलाहरूले भोगेका समस्यामा सरोकार निकायले गम्भीरतापूर्वक चासो राखेको पाइँदैन । सामाजिक विभेद त वर्षौंदेखिको समस्या भइहाल्यो जसले गर्दा महिलाहरूलाई उद्यमशील बनाउनका लागि तय गरिएका कार्यक्रममा उनीहरूको सहभागिता न्यून छ । उद्यमी बन्नु भनेको जोखीम लिनु पनि हो । जोखीम लिएर लगानी गर्नु र त्यसबाट प्रतिफल लिन सक्नु महिलाहरूका लागि नेपालमा त्यति सहज वातावरण छैन । केही महिला उद्यमीले पारिवारिक भूमिका निर्वाह गरेर पनि सफल उद्यमीको पहिचान बनाउँदै छन् । तर, उनीहरूलाई उद्यमी बन्न पुरुषलाई भन्दा बढी चुनौती देखिन्छ । महिला उद्यमीलाई अविश्वास गर्ने, बैंकहरूले कर्जा दिन आनाकानी गर्ने, कच्चा पदार्थको जोहो गर्न कठिन हुने आदि समस्या छन् । महिलाहरूले उद्योग सञ्चालनको राम्रो प्रस्ताव लिएर गए पनि बैंकहरूले नपत्याएको गुनासो धेरैजसो महिला उद्यमीहरूको हुने गरेको छ । महिलाका नाममा घरजग्गा नहुँदा उनीहरूले बैंकमा धितो राखेर कर्जा लिन नसकेको अवस्था छ । हुन त राष्ट्र बैंकले महिला उद्यमीका लागि पनि ब्याज अनुदानको सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । यस शीर्षकमा पर्याप्त कर्जा प्रवाह भएको पनि पाइन्छ । तर, यस्तो कर्जा साना उद्योगहरूमा धेरै प्रवाह भएको छ । तैपनि उद्योग खोल्न खोज्ने महिलाहरूलाई बैंकले पत्याउन गाह्रो मानेको देखिन्छ । सफल महिला उद्यमीहरूले आफ्नो अनुभव सुनाउँदा यही तथ्यलाई भन्ने गरेकोबाट पनि यो पुष्टि हुन्छ । महिलाहरूमा पुरुष समान नै शीप, तालिम, शिक्षा, निपुणता तथा निर्णय क्षमता हुन्छ र उनीहरू पनि पुरुषहरूले चाहेजस्तै उद्यमबाट स्वतन्त्रता, उपलब्धि र पहिचान चाहन्छन् । त्यसैले महिला उद्यमशीलताबाट अर्थतन्त्रको विस्तार गर्न सकिन्छ । महिला उद्यमीहरू तुलनात्मक रूपमा परिणामप्रति विशेष ध्यान राख्ने हुन्छन् । क्षमता र समर्पणका हिसाबले पुरुषभन्दा कमजोर छैनन् । अझ नवप्रवर्तन गर्न र आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउन महिला उद्यमीमा विशेष खुबी हुने गरेको पनि पाइन्छ । तैपनि नेपालजस्तो मुलुकमा महिला उद्यमीको संख्या न्यून छ । सरकारले महिला उद्यमीलाई सहजीकरण गर्न विभिन्न संयन्त्र खडा गर्नुका साथै प्रोत्साहनका कार्यक्रम नल्याएको भने होइन । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच टेवा, पूँजी र प्रविधि सहयोग कार्यक्रम सञ्चालन भएको पाइन्छ । सरकारले अघि सारेका यस्ता प्रोत्साहनका कार्यक्रमको कार्यान्वयन पक्ष भने फितलो छ । घोषणा गरिएका कार्यक्रमबाट महिला उद्यमशीलता बढ्यो वा बढेन भन्नेबारे लेखाजोखा हुने गरेको छैन । उद्यमशीलताका लागि महिलाहरूले भोगेका समस्यामा सरोकार निकायले गम्भीरतापूर्वक चासो राखेको पाइँदैन । सामाजिक विभेद त वर्षौंदेखिको समस्या भइहाल्यो जसले गर्दा महिलाहरूलाई उद्यमशील बनाउनका लागि तय गरिएका कार्यक्रममा उनीहरूको सहभागिता न्यून छ । पारिवारिक सहयोग नपाउँदा महिलाहरू उद्यमशील बन्न नसकिरहेको अवस्था छ । शीप भएका महिला उद्यमीहरूले बैंकमा प्रस्तुत गर्नुपर्ने आवश्यक कागजात बनाउन नजान्दा कर्जा लिन नसकेर पनिप समस्या सृजना गरेको देखिन्छ । यी समस्याको समाधानका लागि महिला उद्यमशीलता प्रवद्र्धनका व्यावहारिक कार्यक्रमहरू ल्याइनुपर्छ । उनीहरूलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, बजारीकरणका नीतिलगायतका विषयमा सहयोग गरिदिनु आवश्यक हुन्छ । बीउ पूँजी नै नभएर समस्यामा परेका महिलाहरूलाई लगानी जुटाइदिन सक्नुपर्छ । आफ्ना उत्पादनलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन कैयन् उद्यमी महिलाहरूलाई प्रशिक्षणको आवश्यकता हुन्छ । मुख्यतया महिलाहरूमा आत्मविश्वास जगाएर उद्यम गर्न आकर्षित गर्ने हो भने  महिला उद्यमीको संख्या बढ्दै जानेछ र मुलुकको अर्थतन्त्र पनि सबल र दिगो बन्दै जानेछ । अहिलेको जोड महिलाको आत्मविश्वास वृद्धि गर्नेतर्फ नै केन्द्रित हुन आवश्यक छ ।

महिला उद्यमीलाई प्रोत्साहन गर्न बेलायत तयार रहेको बेलायती राजदूतको भनाइ

काठमाडौँ– काठमाडौँस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाली महिला उद्यमीहरुलाई सहयोग गर्न तयार रहेको बताएकी छन् । नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले फोरमसँग मिलेर महिला उद्यम विकासमा सहयोग गर्न तयार रहेको बताइन् । उनले महिला उद्यमीका विभिन्न समस्या रहेको भन्दै ति समस्यासँग लड्न बेलायतले सहयोग गर्ने बताइन् । बेलायतले निजी […]

महिला उद्यमीका अनुभव आदानप्रदान

वीरगन्जमा सम्पन्न एकदिने युवा महिला उद्यमी सम्मेलनले महिला युवा उद्यमीहरु उत्साहित भएका छन् ।वीरगन्ज पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए । छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त […]