गोरखा : २०७२ साल वैशाख १२ गते सम्झँदा भूकम्पको इपिसेन्टर बारपाकका सुकबहादुर बिकको मन भक्कानिन्छ। उनलाई लाग्छ, ‘त्यो दिन उनको घर मात्रै ढलेन, उनको मुटुमा पीडाका किलो गाडियो, जुन किलोले उनलाई ६ वर्षदेखि च्वास्स बिझाइरहेको छ।’उनले जीवनमा जेनतेन दु:ख गरेर बनाएको घर ढल्यो। अनि, ढलेको घरसँगै उनले एकै पटकमा परिवारका तीन सदस्य गुमाए। त्यो दिन उनको भाइबुहारी र दुई कलिला नातिनीले भूकम्पले भत्काएको घरमुनि अन्तिम श्वास फेरे।उनी त्यो कालो दिन बिर्सन चाहन्छन्, ति अतितलाई भुल्ने कोसिस् गर्छन्। तर,