विराटनगर । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट वक्तव्य शरु गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले बजेट वक्तव्य शुरु गरेका हुन् । बजेट वक्तव्यमा शिक्षा र स्वास्थ्यलगायतका सामाजिक विकास, भौतिक पूर्वाधारको विकास र सुशासनको पक्षमा बजेट आएको बताएका छन् ।