आगामी स्थानीय तहको चुनावमा पुनः वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आउनुभएका सरावगी केही समयअघि देखि नै एमाले प्रवेशका लागि नेताहरूसँग परामर्शमा हुुनुहुन्थ्यो ।
जनता समाजवादी पार्टीले विरगञ्ज महानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका दाबी गरेको छ। सत्ता गठबन्धनको बैठकमा जसपाले एक महानगर र एक उपमहानगर मात्रै दाबी गरेको हो। यसअघि निर्वाचनमा विरगञ्ज महानगरपालिका जसपाले नै जितेको थियो। तर, जसपाबाट विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरी सकेका छन्।यद्यपी जसपाले विरगञ्ज महानगरपालिका आफूहरुले जित्ने भन्दै बैठकमा दाबी गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका राप्रपाले जितेको थियो। यद्यपी जसपाको संगठन बलियो भएकाले नेपालगञ्ज उपमहानगरपालिका दाबी गरे
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्। मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भएपनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्। विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिएको भएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि […]
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका […]
काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सरावगी जनता समाजवादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नुभएको हो ।वीरगञ्जको प्रसौनीविर्तामा आयोजना गरिएको कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । २०७४ सालको स्थानीयतहको चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित हुनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा मेयर सरावगीले आफू एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको व्यक्तित्वबाट पहिलेदेखि प्रभावित...
वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपा नेपाल त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । ‘मधेस’ का मुद्दालाई उठाएर राजनीतिमा स्थापित भएका उनले कुनैबेला ‘मधेसविरोधी’ भनेर चिनिएको एमालेबाट अबको राजनीति यात्रा अघि बढाउने चुनौतीपूर्ण निर्णय लिएका छन् ।यद्यपि, जसपा नेपाल छाडेर अर्को दलमा प्रवेश गर्ने सवालमा आफ्नो पहिलो रोजाई नेपाली काँग्रेस रहेको उनको भनाइ छ । तर काँग्रेसकै केही स्थानीय नेताका कारण आफूले काँग्रेसमा त्यो स्थान पाउन नसकेको उनले बताए । पछिल्लो समय प्रधा
२८ फागुन, काठमाडौं । जनप्रतिनिधिका रूपमा गरेको कामबाट वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यत्ति नै बढाएका छन् । चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरू समेत असन्तुष्ट थिए । एकातिर पार्टीले दोहोर्याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी […]
काठमाडौं, २८ फागुन। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् […]