ओछ्यानबाटै एसइई परीक्षा दिँदै घाइते विद्यार्थी - Naya Patrika
हुम्लाको अदानचुली गाउँपालिका–५ का कविराज शाहीले छात्रावासको ओछ्यानबाटै एसइई परीक्षा दिइरहेका छन् । गत फागुन १५ गते रूखबाट लडेर गम्भीर घाइते भएका शाहीलाई शिक्षा कार्यालयले ओछ्यानबाटै एसइई दिने व्यवस्था मिलाएको...पूरा पढ्नुहोस् »
खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने चार जना मात्र विद्यार्थी भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका हुन् ।सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक […]
काठमाडौँ,९ असार । विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउछन् । उनले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन् । यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आएका छन् । परिवारको आर्थिक अवस्था कमजोर […]
दाङ- सनलाइट स्कुल लमहीमा पढ्ने समुन्द्र सेढाई एसइई परीक्षा दिँदैछन्। अघिल्लाे वर्ष एइई हुन सकेन। परीक्षा स्थगित भयाे। काेराेना भाइरस संक्रमणका कारण परीक्षा नै स्थगित गरेपछि उतिबेला विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भए। तर, यसपाली भने काेराेना भाइरसकाे जाेखिम देखिँदैन । सेढाईले काेराेनाकाे खाेप पनि लगाएका छन्। जसले गर्दा उनी ढुक्क छन्। उनी मात्रै हाेइन, परीक्षामा […]
डडेल्धुरा । डडेल्धुरामा एसइई परीक्षा दिने तीन हजार ११८ जना विद्यार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले बताए । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० बढी विद्यार्थीका लागि […]
आगामी वैशाख दोस्रो हप्तादेखि हुने एसइई परीक्षा नजिकिँदै गरेपनि ब्रेललिपी पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा दृष्टिविहीन विद्यार्थीहरु समस्यामा परेका छन्। सिराहाको लहानस्थित पशुपति आदर्श माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु...
यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन् । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै आज उनले भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्यून रहेकाले एसइई र कक्षा १२ को परीक्षाका विषयमा मन्त्रालयले छलफल गरिरहेको बताए । सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले कोभिड–१९को विषम अवस्थामा शिक्षा क्षेत्रमा आवश्यक प्रबन्ध गर्न माग गर्दै मन्त्री श्रेष्ठल