मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापाबारे जसपा नेपालको आपत्ति

जनता समाजवादी पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारिएको विरोधमा प्रदर्शन गर्ने भएको छ । सो पार्टीको मधेस प्रदेश समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।जसपा नेपालले शनिबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने भएको छ भने आइतबार जिल्ला सदरमुकामहरूमा वृहत् विरोध प्रदर्शन गर्ने सो विज्ञप्तिमा जनाइएको छ । जसपाले प्रदेश २ का जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी

सम्बन्धित सामग्री

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ ।  जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकहरूलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी...

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । जसपाले शुक्रबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनगरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र १३० जना भन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति […]

महन्थको आपत्ति– कार्यकारिणी समितिको कुनै बैठक डाकिएको छैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले हाल पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् । त्यस्तो जानकारी समेत आफूलाई नभएको उनले जनाएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा जारी भन्ने खबरप्रति आफ्नो ध्यानाकर्षण...

उपेन्द्रले बैठक बोलाएपछि महन्थले जनाए आपत्ति

जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण