काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान खारेज गर्दै राजतन्त्र फर्काउने उद्देश्यका साथ गरिएको प्रतिनिधिसभा विघटनलाई जनताले विफल पारेको बताएका छन् । मंगलबार काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरूले संविधानलाई खारेज गर्ने तथा राजतन्त्रका साथ ०१७ साल फर्काउन गरेको प्रतिनिधिसभा विघटन असफल...