कोरोना संक्रमणले तीन साताभित्र विदेशमा थप ३९ नेपालीको निधन

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेशियामा ३७ जना इराक, र युगान्डामा १-१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार हालसम्म भारत सहित विश्वभर २९ मुलुकमा रहेका ४ सय ८६ […] The post कोरोना संक्रमणले तीन साताभित्र विदेशमा थप ३९ नेपालीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

विदेशमा थप १२ जना नेपालीको निधन

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना,  नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।संघले संकलन गरेको तथ्याँकअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  तीमध्

संक्रमणबाट विदेशमा थप १२ नेपालीको निधन

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

संक्रमणबाट विदेशमा थप १२ नेपालीको निधन

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

नेपालीका श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्यो

नेपालीको प्रमुख श्रम गन्तव्य कतारलगायत खाडीका देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या बढ्न थालेको छ ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो समय श्रमिक सहित विदेशमा थप ४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना […]

कोरोना भाइरसबाट विश्वका २२ देशमा तीन सय ४५ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म २२ देशमा रहेका ३सय ४५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८प्रतिशत रहेको छ । कोरोना भाइरसका कारण नेपालमा हालसम्म ३ हजार ३७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ ।

कोरोनाबाट विदेशमा दुई नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस संक्रमणले निधन हुने नेपालीको संख्या ३३५ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ५७ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७२ हजार ६१४ जना छ भने दुई लाख ६८ हजार ९२९ जना अर्थात् ९८ प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संक्रका प्रेस संयोजक चिरन शर्माले जनाउनुभएको छ । धमाधम खोप लगाइँदै पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप लगाएका हुन् । यस्तै बेलायतमा रहेका नेपाली समुदायका एक हजारभन्दा बढीले खोप लगाइसकेका छन् । डा बोधराज सुवेदीका अनुसार युरोपमा दुई हजार ५०० नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसैबीच विभिन्न चिकित्सकीय अध्ययनले कोरोनाको नयाँ भेरियन्टको संक्रमणमा पनि हाल बजारमा आएका खोपहरु प्रभावकारी रहेको बताएका छन् ।(रासस)

कोरोनाबाट विदेशमा तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संंख्या ३३३ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संघमण देखिएको छ । तीमध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जनाउनुभयो । खोप कसले लगाउने–नलगाउने अठार वर्ष माथिका सबैले कोरोनाविरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग, मधुमेह र अन्य दीर्घरोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को मात्रा लगाउनु हुँदैन । ज्वरो आएका बेला, रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामीलगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । अठार वर्षभन्दा कम उमेरकालाई पनि खोप लगाउन सिफारिस गरिँदैन । खोप लगाएको तीनदेखि छ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको चार हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्योभन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरूलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ । जुन पहिलो मात्रामा लगाइएको छ ...

विदेशमा थप तीन नेपालीको कोरोनाबाट मृत्यु, ५० देशमा ५३ हजार नेपाली संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या (२० देशका) ३ सय १५ पुगेको छ ।  संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् । अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोना विरुद्धको खोप आउन सक्ने हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीब्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ। भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि ...