विदेशमा थप तीन नेपालीको कोरोनाबाट मृत्यु, ५० देशमा ५३ हजार नेपाली संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या (२० देशका) ३ सय १५ पुगेको छ ।  संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् । अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोना विरुद्धको खोप आउन सक्ने हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीब्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ। भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि ...

सम्बन्धित सामग्री

कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख नाघ्यो

काठमाडौं।विश्वमा कोरोना संक्रमणका कारण हालसम्म ४२ लाख २ हजार ६५४ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सका अनुसार कोरोनाबाट मृत्यु हुनेको सबैभन्दा ठूलो संख्या अमेरिकामा ६ लाख २८ हजार ९२ जना छ।दोस्रो ठूलो संख्या ब्राजिलमा ५ लाख ५३ हजार २७२ र तेस्रो संख्या भारतमा ४ लाख २२ हजार ६९५ छ।मेक्सिकोमा हालसम्म कोरोनाका कारण २ लाख ३९ हजार ७९ जनाको मृत्यु भइसकेको छ।

निको हुने सङ्ख्या बढ्दै

नेपालमा शनिबार  थप  चार  हजार  ४८७ व्यक्तिमा  कोरोना  भाइरस  सङ्क्रमण देखिएको  छ । योसहित  नेपालमा कुल  सङ्क्रमितको  सङ्ख्या  पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।यसैगरी  छ  हजार  ८०  जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित  नेपालमा  कोरोनाबाट मृत्यु  हुनेको  सङ्ख्या  सात  हजार १६३ जना पुगेको