सर्लाहीको दक्षिणी इलाका सुदामामा महिला–महिलाबीच भएको सामान्य विवादमा बोक्सी आरोप लगाएर प्रहरीमा निवेदन दिइएको छ । महिलालाई सामान्य विवादमा पनि बोक्सीको गम्भीर आरोप लगाउन थालिएको छ ।
सिरहा : बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ ठाडी की ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेका हुन्। गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अ
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।
महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका […]
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयंसेविकालाई निर्घात कुटपिट तथा मानव मलमूत्र खुवाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ।साउन १ गते राति ९ बजे ३५ वर्षीया महिला स्वास्थ्य स्वयंसेविकालाई बोक्सीको आरोप लगाउँदै छिमेकी पाँचजना मिलेर निर्घात कुटपिट गरेको पीडित परिवारले जनाएको छ।पीडित महिलाका श्रीमानका अनुसार ४८ वर्षीय मंगल महरा, ४५ वर्षीय सुमिन्त्रादेवी महरा, २७ वर्षीय संजित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकीदेवी महराले निर्घात रुप