सर्वोच्च अदालतमा मङ्गलवार अधिकांश न्यायाधीशले बन्दी प्रत्यक्षीकरण सबै खाले मुद्दामा सुनुवाइ प्रारम्भ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
सर्वोच्च अदालतमा मङ्गलवार अधिकांश न्यायाधीशले बन्दी प्रत्यक्षीकरण सबै खाले मुद्दामा सुनुवाइ प्रारम्भ गरे पनि अझै प्रभावकारी ढङ्गले मुद्दामा सुनुवाइ हुन सकेको छैन ।
सर्वोच्च अदालतमा सोमवार ६ वटा इजलास तोकिएकोमा चिया ब्रेकसम्म तीनवटा इजलास बसेको छ ।
जसमध्ये दुईवटा इजलासबाट कारण देखाऊ आदेश जारी गरिएको छ भने अर्को इजलासमा सुनुवाइ भइरहेको छ ।
कुमार चुडालको एकल इजलास र बमकुमार श्रेष्ठको एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दामा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरिएको छ।
त्यसैगरी प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ जारी छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू र कुमार चुडालको संयुक्त इजलास तोकेको भएपनि हालसम्म उक्त इजलास बसेको छैन।