काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले हरायो ।जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पाण्डेयले सर्वाधिक ६७ रन बनाए ।कोलकाताका आन्द्रे रसेलले ४, टिम साउथीले ३, उमेश यादव र शिवम माभी...