नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपामा बस्न सक्ने अवस्था नभएपछि तत्कालीन सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले नेकपा बहुमत गठन गरेका छन् । पार्टीमा आफूहरूसँग बहुमत भएको भन्दै ‘बहुमत पार्टी’ गठन गरेका दुई नेता यतिबेला नेकपाबाट नेता कार्यकर्ता तान्ने ध्याउन्नमा लागेका छन् । अहिले तत्कालीन विप्लव समूह छोडेका नेता कार्यकर्तालाई धर्मेन्द्र र हेमन्तले आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । विप्लवबाट अलग भएपछि अब यो समूहको गन्तव्य कता