काठमाडौं । नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा भौतिक रूपमै धर्ना र विरोधका कार्यक्रम गर्दै आएको एसोसिएसनले कोरोना सङ्क्रमणको दर बढ्दै गएको परिस्थितिलाई ध्यानमा राख्दै आन्दोलनको स्वरूप परिवर्तन गरेको हो ।‘प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन नहुँदा न्यायपालिकाका कतिपय नियमित कार्यहरू पनि प्रभावित हुन गएका छन्,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकालाई स्वतन्त्र र न