काठमाडौँ – प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौँको माइतीघर मण्डलामा र्याली निस्किएको छ। प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौँमा दबाब प्रदर्शन गरिएको हो।