आजपाले बैंकिङ लुटको विरुद्धमा यही मंसिर २० गते जनकपुरमा बृहत्त प्रदर्शन गर्ने

काठमाडौं, १८ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने भएको छ । आजपाको मधेश प्रदेशको आज (सोमबार) जनकपुरमा बसेको बैठकले आगामी मंसिर २० गते बैंकिङ लुटको विरुद्धमा बृहत्त प्रदर्शन गर्ने निर्णय गरेको हो । मधेश प्रदेशको राजधानी जनकपुरस्थित नेपाल बार एशोसिएशनको सभाहलमा बसेको बैठकले नेपालमा बैंकहरुले लिने गरेको […]

सम्बन्धित सामग्री

तीन महिनामा सेयर मूल्य धेरै बढेका यी १० वाणिज्य बैंक

९ भदौ, काठमाडौं । विगत तीन महिनामा समग्र सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । तीन महिनाको अवधिमा समग्र बजारको परिसूचक नेप्से ४७.३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने …

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। ऋण हिनामिना गरेको आरोपमा सीईओसहितका कर्मचारीहरु पक्राउन परेपछि नेपाल बैंकर्स संघले तत्काल रिहा नगरे बैंकिङ कारोबार रोक्ने चेतावनी दिएका छन्। काठमाडौंमा आज पनि लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन्। सरकारले मौज्दात बढेपछि दूध तथा दूग्ध पदार्थको आयात रोक्ने निर्णय गरेको छ। नेपाल विद्युत प्राधिकरणले ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ बढी नाफा कमाएको छ।

बैंक र वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध लालबन्दीका व्यवसायीको प्रदर्शन

सर्लाही : बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको भन्दै लालबन्दीका उद्योगी र व्यापारी/व्यवसायी आन्दोलित भएका छन्। चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध लालबन्दीका उद्योगी व्यापारी बुधबार (आज) शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन्।लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरूले ‘कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर’, ‘चालू रहेको ओभरड्राफ्ट लोन यथावत राख’, ‘जिन्सी निर्यात बढाऊ’, ‘नगद निर्यात बन्द गर&rsqu

बैंकिङ नीतिविरुद्ध मोरङका उद्योगी व्यवसायीले गरे प्रदर्शन

नेपालको पहिलो व्यापारिक संस्था मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले सुयुक्त रुपमा बुधबार विराटनगरमा बैंकिङ नीतिकाविरुद्ध मौन जुलुस प्रदर्शन गरेका छन्।...

सिटिजन्स बैंकको सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी नियुक्त

वैशाख ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।  करीब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्य सम्पादन गर्दै आइरहेका छन् ।  हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रुपमा समेत कार्यरत रहेको बैंकले जानकारी दिएको छ । प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करीब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ ओटा शाखा, १११ ओटा एटीएम र १०९ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।