प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेपछि नेताहरूलाई त्यसमाथि छलफल गर्ने हतारो छ । त्यहीँ रहनुभएका जुम्लाका नन्दराम विश्वकर्मालाई भने अर्कै हतारो छ । उहाँ नेता/कार्यकर्ता जमघट हुने ठाउँमा अल्लोको इस्टकाेट बेच्ने काम गर्नुहुन्छ । माओवादीको महाधिवेशन उद्घाटन सत्रमा पाँच वटा इस्टकाेट बेचेपछि उत्साहित विश्वकर्मा बन्द सत्रमा पनि यसैगरी बेच्न प्रज्ञा प्रतिष्ठान गेटमा पुग्नुभएको हो । तर उहाँ भित्र छिर्न पाउनुभएन । ‘खोइ किन हो छिर्न दि...