नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा कतारविरुद्ध ११९ रनको जित दर्ता गराएको छ । दोहामा मंगलबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको नेपाली टोलीले कतारलाई १४७ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा कतारी टिम ११.५ ओभरमै जम्मा २७ रन बनाएर अलआउट हुन पुग्यो । खेलमा रुबिना क्षेत्री एक्लैले ३ विकेट लिइन् भने कविता कुँवर र सीता राना मगरले २–२ तथा करुणा भण्डारीले एक विकेट लिइन् ।
यसअघि ब्याटिङतर्फ नेपालकी इन्दु बर्माले ५५ रनको योगदान दिइन् । उनी खेलको म्यान अफ द म्याच समेत बनिन् । उनले ...