काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ।बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छन्। टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा,