दार्चुला – दार्चुलाको व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा मालका ३० वर्षका जयसिंह धामी बेपत्ता भएका हुन् ।
महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभएको छ । पाँच/छ जना स्थानीय बासिन्दा सामान लिन भारतको बाटो हुँदै आइरहेको र जयसिंह तुइन तर्ने बेला एक्कासी एसएसबीले तुइन काटिदिएको उहाँको दाबी छ ।
नेपालतर्फ मालघाट र भारततर्फ जयकोट गस्कोमा स्थानीय बासिन्दाले वारप...