दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा काठमाडौं डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख जीवनकुमार गुरुङ ‘योजनाकार’ रहेको पाइएको छ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय भइरहेको तस्करी प्रकरणको ‘मुख्य नाइके’ समेत गुरुङ रहेको दाबी गर्दै थप छानबिन र अनुसन्धान गरिरहेको जनाएको छ ।