वैशाख ३०, काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शासकलाई नभइ सेवकलाई छानेर भोट हाल्न आग्रह गरेका छन् ।
शुक्रवार क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्दै सेवकलाई छानेर भोट हाल्न मतदाताहरुसँग आग्रह गरेका हुन् ।
नेता सिंहले अब आउने नयाँ नेतृत्वले काठमाडौंका हरेक समस्यालाई समाधान गर्नुपर्ने चुनौति रहेकोले मतदाताहरुले रोजेर आफूलाई योग्य लागेका व्यक्तिलाई मत दिएर जिताउनेछन् भन्नेमा आफू विश्वस्त रहेको बताए ।
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह उम्मेदवार छिन् । सिर्जना प्रकाशमान सिंहकी धर्मपत्नी हुन् । स्थानीय तहको निर्वाचन आज देशभर ७५० वटा स्थानीय तहमा भइरहेको छ ।