गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

काठमाण्डाै -  गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो । मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत प्राप्त गर्नुभएको छ । पूर्ण नतिजा आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत् भण्डारीलाई जितको शुभकामना व्यक्त गर्नुभएको छ ।  यसअघि २०७४ सालको चुनावमा भण्डारी ज्ञवालीसँग पराजित हुनुभएको थियो । त्यसअघि २०७० सालमा भण्डा...