काठमाडौँ। सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ। बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो। यस्तै, बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ।