धनगढी : जिल्ला अदालत कैलालीमा चालू आवको माघ मसान्तसम्म करिब २ हजार ५ सयको संख्यामा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दाको तुलनामा निकै न्यून संख्यामा मात्रै फैसला हुँदै आएको छ। अदालतमा मुद्दा दायर भएको लामो समयसम्म पनि फैसला नहुने र अनावश्यक रुपमा खर्च मात्रै हुने गरेको गुनासो वादी र प्रतिवादी दुवैको छ।कैलारी गाउँपालिकाकी मनमती चौधरीले अदालतले पटकपटक पेशी तोक्ने तर स्थगन गर्दै आएपछि मुद्दा दर्ता भएको एक वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गरिन्। ‘आत्महत्या दुर