मधेस प्रदेश सभाका पूर्व सभामुख सरोजकुमार यादव बारा–१ (ख) बाट आफूलाई मधेस प्रदेशको भावी मुख्यमन्त्री रुपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् । तर उनलाई स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको सिफारिसमा सभामुख भएका यादव जसपा विभाजनपछि जसपामा कि लोसपामा धेरै दिनसम्म कुनै कित्तामा खुलेका थिएनन् । चुनावको मिति घोषणा भएपछि मात्र उनी आफू जसपामै रहेको भन्दै सो पार्टीबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनलाई अहिले एमालेले साथ दिएको छ ।