पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री रायमाझी र सभामुख एउटै मञ्चमा

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री, एमाले सचिव तथा संघीय सांसद टोपबहादुर रायमाझी सभामुखसँगै कार्यक्रममा देखिएका छन् ।  अर्घाखाँचीको छत्रदेवमा आज आयोजित महेन्द्र...

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बित भएको छ । बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् । मुगुका सांसद बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् ।...

सभामुखको सरकारी निवासमा प्रहरीको निगरानी, त्यहीँ बयान कि हिरासतको यात्रा?

काठमाडौं : अदालतबाट पक्राउ पुर्जी जारी भएलगतै यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिने प्रयास जारी राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोली महरालाई नियन्त्रणमा लिन आइतवार उनको सरकारी निवासमा पुगेको हो। बालुवाटारमा रहेको सभामुख निवास अगाडि प्रहरी पुगिसकेको छ। उनलाई नियन्त्रणमा लिइसकेको भन्ने

अदालतले दियो महरालाई 'अरेस्ट वारेन्ट', पक्राउ गर्न खुल्यो बाटो

काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। यससँगै प्रहरीले महरालाई नियन्त्रणमा लिएर बयान र अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ। संसद सचिवालयकी महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले बलात्कार गरेको आरोप लगाएकी थिइन्। 'हाम्राकुरा अनलाइन'मा

पूर्वमन्त्री रायमाझी फरार

नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ। प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।