काठमाडौं : बालुवाटारस्थित सरकारी निवासबाटै कृष्णबहादुर महरा पक्राउ परेका छन्। यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई रातो कारमा प्रहरीले सभामुख निवासबाट निकालेको छ।
बालुवाटारमा रहेको सभामुख निवासमा प्रहरीले पक्राउ पूर्जी हात पारेलगत्तै निगरानी थालेको