काठमाडौं : चुनावको पाँच महिनाअघि मात्रै जन्मिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको मत परिणामअनुसार सरकार बनाउने अंकगणितमा निर्णायक बन्ने देखिन्छ।चितवन–२ बाट भारी मतान्तरका साथ चुनाव जितेका लामिछानेले सरकारमा जाने नजानेबारे धारणा बनाइसकेका छैनन्। यद्यपी बुधबार उनले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै चुनावमा गठबन्धन नगरिएको र आवश्यक परे गठबन्धनका लागि तयार रहेको बताएका छन्प्रत्यक्षमा हालसम्म सात सिट जितेको स्वतन्त्र पार्टी समानुपातिक तर्फको मतगण