काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी डोजर चलाउँदा पनि सरकारको मौनताले लज्जाबोध हुने टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भने, ‘दार्चुलाको बंगाबगरमा केही दिनअघि भारतीय अन्तर्राष्ट्रिय कानुन र दुई देशको असल सम्बन्धनको मान्यताविपरीत तटबन्ध निर्माणको काम भइरहेको छ। त्यसका स्थानीयले आवाज उठाउँदासमेत सरकार बोलेको देखिएन। त्यहाँ राष्ट्रभक्त जनताले ढुंगाले हानेर रोक्नुपर्यो भन्दा सरकारको मौनताले लज्जाबोध हुन