दार्चुला । जिल्लाका अधिकांश बस्तीमा जंगली जनावरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । जंगली बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन् । यी जंगली जनावरले यहाँका बालीनाली सखाप पार्न थालेपछि किसान आतंकित भएका छन । खास गरेर मुख्य खाद्य बालीको रुपमा रहेको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेका हुन् […]
The post मकै बाली जोगाउन रातभर जाग्राम appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
डोटी – डाेटीमा जङ्गली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा राति स्याल, बँदेल र दुम्सीले खाएपछि किसानहरू समस्यामा परेका हुन् ।
यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलि, दल्ल, धामी गाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।
बाँदर धपाए पनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआईस...