डोटी – डाेटीमा जङ्गली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा राति स्याल, बँदेल र दुम्सीले खाएपछि किसानहरू समस्यामा परेका हुन् ।
यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलि, दल्ल, धामी गाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।
बाँदर धपाए पनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआईस...