मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ। मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो।
काठमाडौं । डिजिटल अर्थतन्त्र निर्माणका लागि सार्वजनिक सेवामा व्यापक सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमवार आयोजना गरेको ‘सार्वजनिक सेवामा डिजिटल अर्थतन्त्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सार्वजनिक सेवा सहज गराउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ अनुसार काम भइरहेको बताए । डिजिटल नेपाल फ्रेमवर्कअनुसार सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको रूपमा राखेको उनको भनाइ छ । उनले भने, ‘यहीअनुसार फाइभ–जी नेटवर्क विस्तारमा माघ २२ गतेदेखि परिक्षण भइरहेको र अप्टिकल फाइबर विस्तार ३ चरणमा भइरहेको छ ।’
यस्तै, कार्यक्रममा प्रविधि क्षेत्रमा विश्व, नेपालको अवस्था नेपाल दूरसञ्चार प्राधिकरणको जिम्मेवारीको विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक विनोदचन्द्र श्रेष्ठले नेपालको प्रविधि क्षेत्रमा ५२ हजार १४९ आबद्ध रहेको बताए । उपनिर्देशक श्रेष्ठले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्रविधि क्षेत्रको ३ दशमलव ७१ प्रतिशत अर्थात् ८४ अर्ब रुपैयाँको योगदान रहेको जानकारी दिए । प्राधिकरणका अनुसार ७३३ ओटा स्थानीय तहमा इन्टरनेट पुगेको छ र ५ ओटा कम्पनीले लाइसेन्स लिए पनि ३ ओटाले सेवा दिइरहेका छन् ।
कैलाली । कैलालीको मालाखेती अस्पतालले स्वास्थ्य सेवामा सुधार गरेको छ । प्राथमिक सवास्थ्य चौकीबाट अस्पतालमा स्तरोन्नति भएको ९ वर्ष पुग्दासम्म मालाखेती अस्पताल स्वास्थ्य केन्द्रकै सेवामा सिमित थियो । पछिल्लो समय अस्पतालमा आवश्यक उपकरण थपिनुका साथै बिरामीको चाप पनि निकै बढेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा मालाखेती अस्पताल रहेकाे छ । गोदावरी […]
११ पुस, काठमाडौं । सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो । राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र नागरिकलाई सास्ती नहुने गरी […]
बेलहिया– रूपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्डको लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचकाङ्ककाे आधारमा गरिएको मूल्यांकनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता उल्लेखनीय सुधार देखिएको हो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्यांकमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको […]
निजामती सेवा अस्पतालको सेवा सुविधा सम्बन्धमा पटक पटक विषयहरू उठान हुने गर्दछन् । यस अस्पतालको आधिकारिक फेसबुक पेजमा सेवाग्राहीले गरेका कमेन्टहरू हेर्दा उनीहरूले भोग्नुपरेका समस्याहरूको फेहरिस्त देखिन्छ ।विशेषज्ञ डक्टरसँग चेकअप गराउन धेरै दिन पालो कुर्नुपरेको, फार्मेसीमा पर्याप्त औषधी नभएको, महँगो उपचार पद्धतिलाई प्रिस्क्राइब गरेको, भिडभाड धेरै भएको, लाइनमा लामो समय बस्नुपरेको, काउन्टरमा पैसा चेन्ज नगरिदिएको, […]