भद्रपुर : झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारि थाना मैनागुरी ग्राम बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही ठाउँकी ३२ वर्षीया अनिता हेमरम रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए।सीमा नाकाबाट चोरी निकासीको माध्यमबाट ब्राउन सुगर नेपाल भित्र्याइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपाल