काठमाडौं– आतंककारीहरुले अफगानिस्तानको भूमिबाट गोली चलाउँदा तीन पाकिस्तानी सैनिक मारिएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लास्थित देवागर क्षेत्रमा तैनाथ तीन सैनिक मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध निकायले दिएको जानकारी अनुसार अफगान भूमिबाट पाकिस्तानी सैनिकलाई लक्षित गरी आतंककारीहरुले गोली प्रहार गरेका थिए । पाकिस्तानको एआरवाई न्युज समाचार […]