नेपाललाई नयाँ हवाई रुट दिनका लागि भारत तयार देखिएको छ । भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिने प्रतिवद्धता जनाएका छन् । बुधवार भएको दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा आफूहरू सकारात्मक रहेको उनले जनाएका हुन् ।