पर्यटनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन्।...

सम्बन्धित सामग्री

हवाई ‘रुट’ उपलब्ध गराउन भारतसँग आग्रह

काठमाडौं, फागुन २ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गरेका छन् । सोमबार नेपाल आएका विदेश सचिव क्वात्राले नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गरे। प्रधानमन्त्रीका स्वकीय […]

पर्यटनमन्त्रीले भारतसँग थप हवाई रुट मागे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।  सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शुक्रवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेको भेटवार्ताका क्रममा मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एकमात्र हवाई मार्गमा अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ । जवाफमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैं सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । नेपालमा अहिले अन्तरराष्ट्रिय उडानका विमान सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेश गर्न पाउँछन् । नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेश गर्न सक्ने गरी रुट माग गर्दै आएको छ । यसैबीच नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली संघ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि इयूका राजदूत नोना डेप्रेजले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै इयूको अनसाइट मूल्यांकन तत्कालका लागि रोकिएको जनाएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगको काममा प्राधिकरणको जनशक्ति खटिनुपर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि इयूको नेपाल भ्रमण स्थगित भएको हो । यसअघि गत अक्टोबरमा इयूको एक टोलीले नेपालको उड्डयन सुरक्षाबारे अध्ययन गर्दै उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको थियो ।  रासस

तीन हवाई रुट उपलब्ध गराउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गर्नुभएको हो । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको

प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट

काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गर्‍यौं,’ नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन […]

प्रधानमन्त्री देउवाद्वारा भारतसमक्ष थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए ।

हवाई ‘रुट’ उपलब्ध गराउन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गर्नुभएको छ।

थप हवाई रुट उपलब्ध गराउन भारतलाई पर्यटनमन्त्रीद्वारा अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रुट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गर्नुभएको छ ।