इलाम : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन ठिक थियो भन्ने प्रमाणित भएको बताएका छन्।उनले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरिदिएको भए मुलुकले नयाँ जनप्रतिनिधि पाइसक्ने बताए।नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले भने,‘अदालतले प्रतिनिधिसभा पुर्नस्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेको हुन्थ्यो तर त्यतिबेला प्रतिगमन भयो भन्न