एजेन्सी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न सोमबार टोकियो जाने भएका छन्। पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ। संयुक्त राज्य अमेरिका-जापान गठबन्धन एसिया-प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति […]