गणको उद्घाटन गर्दै सशस्त्रका आईजीपी खनालले भने- निर्वाचनका लागि मानसिक र शारीरिक रूपमा तयार रहनू

उदयपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरिएको छ । त्रियुगा नगरपालिका-९ मा नवनिर्मित गणको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गरेका हुन् ।  उनले सांगठनिक संरचना समयानुकूल परिमार्जन गर्दै लैजाने सिलसिलाअन्तर्गत तत्कालीन त्रियुगा गुल्मलाई गणमा स्तरोन्नति गरिएको बताए ।  उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन २२४ वटा बोर्डर आउट पोस्ट स्थापना भइसकेको र यो वर्ष १२० वटा थप गर्ने गरी गृहकार्य भइरहेको बताए ।  महानिरीक्षक खनालले छांगरुदेखि ओलाङ्चुङ गोलासम्म र हिल्सादेखि कीमाथांकासम्म त...

सम्बन्धित सामग्री

काँग्रेसको सङ्कल्प : एक स्थानीय तहमा एक खेल मैदान

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो घोषणापत्रमा काँग्रेसले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।काँग्रेसले पार्क, व्यायामशाला, रंगशाला निर्माणको कार्यलाई मूर्तरूप दिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले एक स्थानीय तह एक खेलकुद मैदान निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । विद्यालयको पाठ्यक्रममा खेलकुद समावेस गराउने र शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लबको स्थापन गर्ने पनि जनाएको छ । घोषणापत्रअनुसार काँग्र

सुरक्षा चिन्ता

अबको डेढ महिनापछि स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनका समयमा मात्र होइन, निर्वाचनको घोषणा भएपछि नै नागरिकमा असुरक्षा भाव बढ्नेगर्दछ । नागरिकहरु अनावश्यक दबाबमा पर्नु मात्र पनि असुरक्षा हो । शारीरिक हानि मात्र असुरक्षा होइन, मानसिक सकसले पनि व्यक्तिलाई उत्तिकै असुरक्षित अनुभूति गराउँछ । त्यसैले निर्वाचनको घोषणासँगै सरकारले सुरक्षा सतर्कता अपनाउनुपर्छ । मुलुकमा भूमिगत केही संगठन […]

निर्वाचनका लागि तयार रहन महानिरीक्षक खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हेडक्वाटर, श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै महानिरीक्षक खनालले सो निर्देशन दिएका हुन् ।निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी

शारीरिक रुपमा अशक्त चौधरी दम्पतीको पीडा, ‘हाम्रो त कोही भएन’

इन्दु धामी, कञ्चनपुर । रामबहादुर चौधरी र मुन्नी चौधरी शारीरिक रुपमा अशक्त छन्। चौधरी दम्पती जन्मजात अशक्त भने होइनन्। केही वर्ष अगाडि होटेलमा मजदुरी गर्ने क्रममा रामबहादुरको खुट्टाको नसा च्यापियो। उनको समयमै उपचार हुन सकेन। त्यसैले उनी सधैँभरलाई अशक्त भएर बसे। उनकी श्रीमती मुन्नीको हविगत पनि उस्तै छ। अशक्त भएकै कारण चौधरी दम्पतीलाई समाजमा हेला गरिँदै आएको छ। चौधरी दम्पतीका ४ छोरी छन्। कान्छी छोरी विपना पनि अशक्त नै छिन्। आँगनमा खेल्ने क्रममा सानैमा उनको हात भाँचियो। खर्च अभावका कारण उनको उपचार हुन सकेन्। ‘उपचार गर्न धनगढी लगेँ, डाक्टरले अप्रेसन गर्नुपर्छ भने, अप्रेसनका लागि चाहिने खर्च म सित थिएन, ऋण खोज्न ढिला भयो’ मुन्नीले पीडा सुनाइन्। अस्पतालमै भएका बेला उनकी छोरी विपना कोरोना भाइरसबाट सङ्क्रमित बनिन्। चौधरी दम्पती माथि एक पछि अर्को पीडा थपियो। ‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि डाक्टरले तत्काल उपचार हुँदैन भने, छोरीलाई घर ल्याउन बाध्य भयौँ’ मुन्नीले बिलौना गरिन्। अहिले ६ वर्षीया विपना डोरीको सहायताले घाँटीमा हात झुण्डयाउँदै घरमै बसेकी छिन्। उनी मानसिक सन्तुलन गुमाए जस्तै बनेकी छिन्। आर्थिक अवस्था निकै दयनीय भएका कारण चौधरी परिवारलाई छाक टार्न धौ धौ हुने गरेको छ। साँझ बिहान के खाउँ भन्ने भएको छ। नेपालको संविधानले नेपाली नागरिकलाई जुनसुकै अवस्थामा पनि बाँच्न पाउने तथा रोजगारीको हकको व्यवस्था गरेको छ। तर उक्त नियम चौधरी परिवारको हकमा भने छैन। ‘गाउँ गाँउमा सिंहदरबार आयो भन्छन्, तर हाम्रा लागि कहिल्यै आएन’ राम बहादुर चौधरीले भने, ‘शारीरिक अवस्थाका कारण मजदुरी गर्न सकिएन, कसरी जीविकोपार्जन गर्ने ?’ शारीरिक अशक्तता भएकै कारण जसले पनि भेदभाव गर्ने गरेको चौधरी दम्पतीको भोगाइ छ। संविधानमा लेखिएका कुरा कागजमै सिमित भएको रामबहादुर बताउँछन्। शारीरिक रुपमा अशक्त नागरिकले विभिन्न अधिकार पाएपनि आफूहरुले केही सहयोग नपाएको मुन्नीको गुनासो छ। समस्या लिएर वडा कार्यालयमा जाँदा सुनवाइ नभएको उनी बताउँछिन्। ‘अरुको सहाराका लागि सरकारी निकाय छ, हाम्रा लागि कोही भएन्’ मुन्नीले भनिन्, ‘हाम्रा लागि न नगरपालिकाले केही गर्यो, न त वडा कार्यालयले नै।’ निर्वाचनका बेला घर घर धाउका जनप्रतिनिधि अहिले ...