इन्दु धामी, कञ्चनपुर ।
रामबहादुर चौधरी र मुन्नी चौधरी शारीरिक रुपमा अशक्त छन्। चौधरी दम्पती जन्मजात अशक्त भने होइनन्। केही वर्ष अगाडि होटेलमा मजदुरी गर्ने क्रममा रामबहादुरको खुट्टाको नसा च्यापियो। उनको समयमै उपचार हुन सकेन। त्यसैले उनी सधैँभरलाई अशक्त भएर बसे।
उनकी श्रीमती मुन्नीको हविगत पनि उस्तै छ। अशक्त भएकै कारण चौधरी दम्पतीलाई समाजमा हेला गरिँदै आएको छ। चौधरी दम्पतीका ४ छोरी छन्। कान्छी छोरी विपना पनि अशक्त नै छिन्। आँगनमा खेल्ने क्रममा सानैमा उनको हात भाँचियो। खर्च अभावका कारण उनको उपचार हुन सकेन्।
‘उपचार गर्न धनगढी लगेँ, डाक्टरले अप्रेसन गर्नुपर्छ भने, अप्रेसनका लागि चाहिने खर्च म सित थिएन, ऋण खोज्न ढिला भयो’ मुन्नीले पीडा सुनाइन्।
अस्पतालमै भएका बेला उनकी छोरी विपना कोरोना भाइरसबाट सङ्क्रमित बनिन्। चौधरी दम्पती माथि एक पछि अर्को पीडा थपियो।
‘कोरोना रिपोर्ट पोजेटिभ आएपछि डाक्टरले तत्काल उपचार हुँदैन भने, छोरीलाई घर ल्याउन बाध्य भयौँ’ मुन्नीले बिलौना गरिन्।
अहिले ६ वर्षीया विपना डोरीको सहायताले घाँटीमा हात झुण्डयाउँदै घरमै बसेकी छिन्। उनी मानसिक सन्तुलन गुमाए जस्तै बनेकी छिन्।
आर्थिक अवस्था निकै दयनीय भएका कारण चौधरी परिवारलाई छाक टार्न धौ धौ हुने गरेको छ। साँझ बिहान के खाउँ भन्ने भएको छ।
नेपालको संविधानले नेपाली नागरिकलाई जुनसुकै अवस्थामा पनि बाँच्न पाउने तथा रोजगारीको हकको व्यवस्था गरेको छ। तर उक्त नियम चौधरी परिवारको हकमा भने छैन।
‘गाउँ गाँउमा सिंहदरबार आयो भन्छन्, तर हाम्रा लागि कहिल्यै आएन’ राम बहादुर चौधरीले भने, ‘शारीरिक अवस्थाका कारण मजदुरी गर्न सकिएन, कसरी जीविकोपार्जन गर्ने ?’
शारीरिक अशक्तता भएकै कारण जसले पनि भेदभाव गर्ने गरेको चौधरी दम्पतीको भोगाइ छ। संविधानमा लेखिएका कुरा कागजमै सिमित भएको रामबहादुर बताउँछन्।
शारीरिक रुपमा अशक्त नागरिकले विभिन्न अधिकार पाएपनि आफूहरुले केही सहयोग नपाएको मुन्नीको गुनासो छ। समस्या लिएर वडा कार्यालयमा जाँदा सुनवाइ नभएको उनी बताउँछिन्।
‘अरुको सहाराका लागि सरकारी निकाय छ, हाम्रा लागि कोही भएन्’ मुन्नीले भनिन्, ‘हाम्रा लागि न नगरपालिकाले केही गर्यो, न त वडा कार्यालयले नै।’
निर्वाचनका बेला घर घर धाउका जनप्रतिनिधि अहिले ...