नरैनापुरमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु

बाँके जिल्लाको नरैनापुर गाउँपालिकामा एक अर्बभन्दा बढीको लगानीमा अत्याधुनिक रङ्गशाला निर्माण सुरु भएको छ । नरैनापुर–४ मा पाँच बिघा क्षेत्रफलमा सो रङ्गशाला निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।रङ्गशाला निर्माणका लागि पहिलो चरणमा माटो पटान र पर्खाल लगाउने कार्य सुरु भएको जनाउँदै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच करोड रुपियाँ बजेट उपलब्ध गराएको बताउनुभयो ।उहाँले केन्द्र र प्रदेश सरकारले दिएको बजेटअनुसार भौतिक संरचना निर्माण गर्दै जाने योजना रहेको जनाउँदै सो रङ्गशाला बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने बताउनुभयो ।