आजकालको जीवनशैली र खानपिनका कारण मुटुसँग सम्बन्धित रोगको खतरा बढ्दै गइरहेको छ । हृदयघात पनि यी घातक रोगमध्ये एक हो । वास्तवमा रगत ढिक्का हुँदा मुटुसम्म रगतको रञ्चार राम्रोसँग हुन पाउँदैन । यसका कारण छातीमा पीडा हुन्छ र हृदयघातको खतरा बढ्ने गर्छ तर सधैं छाती नै दुख्छ भन्ने पनि छैन । थुप्रै पटक शरीरमा देखिने साधारण लक्षणले पनि हृदयघातको खतराको संकेत दिन्छ ।व्यायाम पश्चात् र गर्मी हुँदा पसिना आउनु सामान्य कुरा हो । तर अचानक कुनै कारण बिना धेरै पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । छाती दुख्नु,